नियम ८७
लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन उपरको कारबाही
ऐनको दफा ३७ बमोजिम महालेखा परीक्षकको कार्यालयबाट प्रारम्भिक प्रतिवेदनमा औंल्याइएको बेरुजु सम्बन्धमा सूचना प्राप्त भएको पैंतीस दिनभित्र सम्बन्धित कार्यालयले देहाय बमोजिम फस्यौंट गरी महालेखा परीक्षकको कार्यालय समक्ष पेश गर्नु पर्नेछ:- (क) प्रारम्भिक प्रतिवेदनमा उल्लेख भएको बेरूजुमध्येबाट पेश्की फस्यौंट नभएको कारणले कायम भएको बेरुजु, असुल उपर गर्नु पर्ने बेरुजु र नियमित गर्नु पर्ने बेरुजु छुट्याउने,
(ख) खण्ड (क) बमोजिम छुट्याएको बेरूजुमध्ये पेश्की बेरूजु र असुल उपर गर्नु पर्ने बेरूजुको हकमा सम्बन्धित व्यक्तिलाई तुरून्त त्यस्तो पेश्की फर्स्यौट गर्न र असुल उपर गर्ने बेरूजुको हकमा जो जसबाट असुल उपर गर्नु पर्ने हो सम्बन्धित व्यक्तिलाई तत्काल त्यस्तो रकम दाखिल गर्न लगाउने,
(ग) खण्ड (क) बमोजिमको नियमित गर्नु पर्ने बेरूजुको हकमा त्यस्तो बेरूजु नियमित गर्न आवश्यक पर्ने प्रमाण संलग्न गरी जिम्मेवार व्यक्तिबाट नियमित गराउने,
(घ) खण्ड (ख) र (ग) बमोजिम बेरूजु फस्यौंट भएको कुरा प्रमाणित हुने सक्कल वा प्रमाणित विवरण तथा कागजात सम्परीक्षणको लागि महालेखा परीक्षकको कार्यालयसमक्ष पेश गर्ने,
(ङ) खण्ड (क) बमोजिमका बाहेक अन्य बेरुजुको हकमा त्यस्तो बेरूजु हुनु नपर्ने कुनै कारण भए सोको मनासिब आधार र कारण तथा त्यस्तो आधार र कारणलाई पुष्टि गर्ने कागजात सहित बेरूजु कायम नगर्न महालेखा परीक्षकको कार्यालयमा लेखी पठाउने र सोको जानकारी तालुक कार्यालयलाई समेत दिने।